प्रधानमन्त्री प्रचण्ड आज ङारीबाट छन्दु प्रस्थान गर्दै

ङारी चीन, ११ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छन्दु जाँदैछन्  । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट आज छन्दु जान लागेका हुन ।

उनी आज बिहान स्थानीय समयअनुसार ९:४५ बजे ङारीकाे अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छन्दु पुग्ने र त्यहा  रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने  कार्यक्रम रहेको छ ।

त्यसपछि साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको आयोजना गर्ने  कार्यक्रम रहेको छ ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका  प्रधानमन्त्री प्रचण्ड हिजो कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएका थियो । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्धिपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्  ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button