पोखराको चरकमा मुटुको सफल शल्यक्रिया

पोखरा । पोखरामा पहिलोपटक मुटुको सफल शल्यक्रिया गरिएको छ ।
पोखरामा मै पहिलोपटक नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको शल्यक्रिया भएको हो ।
भलाम घर भएका ४५ वर्षीय विष्णु गौतमको एक हप्ता अगाडि मुटुको सफल शल्यक्रिया गरिएको चरक मेमोरियलका प्रबन्धक निर्देशक कपिल पोखरेलले जानकारी दिए ।
मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको टोलीले करिव ३ घण्टा लगाएर मुटुको शल्यक्रिया गरेको उनले बताए ।
अस्पताले करिब ३ करोडको लागतमा स्थायी उपकरण जडान गरेर काठमाण्डौबाट चिकित्सकको टोली झिकाएर शल्यक्रिया गराएको हो ।
पछिल्लो समय काठमाडौंको शहीद गंगालाल हृदय केन्द्र , मनमोहन अस्पताल, चितवन, विराटनगर र धरानमा हुदै आएको मुटुको शल्यक्रिया यो सँगै पोखरामा समेत सुरु भएको डा. भट्टराईले बताए ।
मुटु रोगको प्रकृति हेरेर करिब १ लाखदेखि ६ लाखसम्म शल्यक्रियाको लागत लाग्ने उनले बताए ।