सुनको भाउ मङ्गलबार दुई सयले बढ्यो

लगातार तीन कारोबार दिनसम्म घटेको सुनको भाउ मङ्गलबार प्रति तोला २ सय रुपैयाँले बढेको हो । शुक्रबार ८ सय, आइतबार ५ सय र सोमबार थप ३ सयले घटेको सुनको भाउको गिरावटमा आज ब्रेक लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ तय भएको जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम थियो ।
मङ्गलबार चाँदीको मूल्यमा भनेमा ५ रुपैयाँले गिरावट आएको छ । महासंघले चाँदी आज प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो ।