सुनको भाउ लगातार तेस्रो दिन घट्यो

अघिल्लो बिहीबार अहिलेसम्मकै सर्वाधिक महँगो विन्दुमा पुगेको सुनको भाउ त्यसपछि भने लगातार तीन कारोबार दिनसम्म घटेको छ । आज सोमबार सुनको भाउ प्रति तोला ३ सय रुपैयाँले घटेको हो । शुक्रबार ८ सयले घटेको सुनको मूल्य, आइतबार ५ सय र आज थप ३ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँ तय भएको जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, सोमबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले गिरावट आएको छ । महासंघले चाँदी आज प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो ।