प्रम दाहालले फुड समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै, बङ्गलादेशी प्रम र संयुक्त राष्ट्रसंघको महासचिवसँग वार्ता हुने

इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज संयुक्त राष्ट्रसंघको फुड सिस्टम समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

इटालीको रोममा संयुक्त राष्ट्रसंघ, इटाली सरकार र रोमस्थित खाद्य तथा कृषि संगठनद्वारा संयुक्त रुपमा आयोजित फुड सिस्टम समिट +२ स्टकटेकिङ मोमेन्टमा भाग लिन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका दाहालले आज उक्त कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्न लागेका हुन् । उनले आजै स्कुल मिल्स पावरिङ फुड सिस्टम ट्रान्सफर्मेसन नामक सेसनमा पनि बोल्ने जनाइएको छ ।

प्रम दाहालले आजै बङ्गलादेशी प्रम सेख हसिना र संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेससँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको छ । दाहालको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल रहेका छन् । उक्त समिट बुधबारसम्म आयोजना हुने कार्यक्रम रहेको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button