काठमाडौंमा भेलले बगाउँदा बालक बेपत्ता

काठमाडौंको सामाखुसीमा भेलले बगाउँदा बालक बेपत्ता भएका छन् ।
आइतबार अपरान्ह खेल्न निस्केका १३ वर्षका साजन मगर बाढीले बगाउँदा बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहे पनि हालसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ ।