काडा नदीमा डुबेर ८ वर्षीया बालिकाको मृत्यु

कैलालीको काडा नदीमा डुबेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका-३ बुटकुवाकी ८ वर्षीया यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको हो । शनिबार साँझतिर नदीमा नुहाउन गएकी यमुना नदीमा डुबेकी थिइन् ।
घटनाबारे बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।