प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, खड्कालाई कार्यबाहक जिम्मेवारी

काठमाडाैं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् ।

इटालीमा हुन लागेको  संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर  सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ त्यस तर्फ  प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको साथमा प्रधानमन्त्री पुत्री गंगा दाहालसँगै कृषिमन्त्री  वेदुराम भुसाल र राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत पनि इटली गएका छन् ।

साउन ८ देखि १० गतेसम्म आयोजना हुने  ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक  सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका तर्फबाट औपचारिक रुपमा आफ्नो धारणा राख्नेछन् ।

प्रधानमन्त्री इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

 

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button