मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

धादिङको मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो काठमाडौंबाट मुग्लिङतर्फ आउदै गरेको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बेनिघाट रोराङ गाउँपालिका-३ मलेखुमा ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको हो ।
घटनामा मोटरसाइकलको पछाडी सवार महिला घाइते भएकी छन् । मृतकको पहिचान खुलेको छैन । घटना बारे थप विवरण आउन बाकिँ नै रहेको छ ।