दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ को पानिलोला भन्ने ठाउँमा सिंचाइमा लागि बनाइएको पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका जनाइएको छ ।
उनीहरू दुवै जनाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।