बहुविवाह मुद्दामा फरार पुरुष पक्राउ

बहुविवाह मुद्दामा फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-२२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ म्हेपी बस्दै आएका ४९ वर्षीय सञ्जित पाण्डे रहेका छन् । उनलाई प्रहरीले काठमाडौंंको कुलेश्वरबाट नियन्त्रणमा लिएको हो ।
पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।