ट्रान्सफर्मर पड्किएर करेन्ट लाग्दा भारतको उत्तराखण्डमा १५ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा ट्रान्सर्फमर पड्किएर विद्युत प्रवाह हुँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ ।

नमामी गङ्गे परियोजनामा भएको घटना एक सब इन्सपेक्टर, पाँच सुरक्षा गार्डलगायत स्थानीयको मृत्यु भएको भारतको समाचार एजेन्सी पिटिआईले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिले ड्युटीमा रहेका एक सुरक्षा गार्डलाई नेपाली समयअनुसार बिहान पौने १२ बजे करेन्ट लागेको थियो । त्यसपछि फलामको रेलिङमा विद्युत फैलिँदा त्यहाँ हेर्न आउने बाकिँ मानिसहरुलाई पनि करेन्ट लागेको थियो ।

घटनामा थप सात जना घाइते भएका छन् । उनीहरुलाई अल इन्डिया ईन्स्टिच्युट अफ मेडिकल साइन्समा एयरलिफ्ट गरिएको छ । घटना बारे छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button