सुनको भाउ ६ सयले बढ्यो

सुनको भाउ बुधबार ६ सय रुपैयाँले बढेको छ । मङ्गलबार तीन सयले बढेको सुनको मूल्य आज थप ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय ५० रुपैयाँ तय भएको जनाएको छ । मङ्गलबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, बुधबार चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि भएको छ । महासंघले चाँदी आज प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मङ्गलबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो ।