चितवनमा बाख्रा बचाउन जाँदा मान्छेलाई बाघको आक्रमण, तीन घाइते

चितवनमा बाख्रा बचाउन गएका तीन जनालाई बाघले आक्रमण गरि घाइते बनाएको छ ।

माडी नगरपालिका-३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ६० वर्षीय रामनाथ माझी बाघको आक्रमणबाट घाइते भएका हुन् । खोरको बाख्रालाई निकुञ्जबाट निस्केको बाघले खान थालेपछि लखेट्न निस्केका उनीहरुलाई नै बाघले आक्रमण गरेको थियो । बाघले एउटा बाख्रा मारेको स्थानीयले जनाएका छन् ।

हिजो साँझ भएको घटनामा घाइते तीनै जनाको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button