ललितपुरको गोदावरीमा करेन्ट लागेर युवकको मृत्यु, प्राधिकरणले लापरबाही गरेको स्थानीयको आरोप

ललितपुरको गोदावरीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-५ महादेव खोला घर भएका २६ वर्षीय राजु तामाङको मङ्गलबार बिहान करिब ५ बजे करेन्ट लागेर मृत्यु भएको हो । लेले सौराहभञ्याङमा बाटोमा लत्रिएको हाइटेन्सन लाइनमा करेन्ट नभएको ठानेर हटाउन खोज्दा तामाङको मृत्यु भएको स्थानीय निकेश श्रेष्ठले जानकारी दिए । मृतक तामाङको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
प्राधिकरणको चरम लापरबाहीका कारण तामाङको मृत्यु भएको स्थानीयको आरोप छ । मृतक तामाङको परिवारले प्राधिकरणसँग क्षतिपूर्तिको माग गरेका छन् ।