रसियाले एप्पललाई लगायो जासुसीको आरोप, सरकारी कर्मचारीले आइफोन चलाउन नपाउने

रसियामा सरकारी कर्मचारीले आइफोन चलाउन नपाउने नियम लागू भएको छ ।
अमेरिकी सरकारसँग मिलेर एप्पल कम्पनीले जासुसी गरेको भन्दै रसियाले जुलाई १७ देखि आधिकारिक कामकाजमा एप्पलको आइफोनलगायत अन्य उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको हो । रसियन सुरक्षा विज्ञहरुले आइफोन वायर ट्यापिङ्गका लागि अमेरिकाले प्रयोग गर्ने गरेको बताएका छन् ।
रसियाको फेडेरल सेक्युरिटी सर्भिसले रसियन सिम हालिएका हजारौं आइफोनमा निगरानी गर्ने उद्देश्यले राखिएका सफ्टवेयरहरु भेटिएको दाबी गरेका छन् । एप्पलले भने अमेरिकी जासुसी एजेन्सीसँग संलग्न हुने खालको कुनै पनि गतिविधि नभएको जिकिर गरेको छ ।
प्रतिबन्धले रसियाका नियमित आइफोन प्रयोगकर्तालाई भने कुनै प्रभाव नपर्ने जनाइएको छ ।