रास्वपा उपसभापति अर्याललाई धम्की दिने एक पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याललाई मेसेजमार्गत धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ

असार १९ गते राती १:२६ बजेको समयमा मोबाइलबाट अर्याललाई मेसेजमा धम्की दिएको भन्ने जाहेरी परेपछि प्रहरीले खोटाङको मजुवागढी रुपाकोट-९ स्थायी घर भएका ३८ वर्षीय विजय कालिकोटेलाई पक्राउ गरेको हो ।

कालिकोटे हाल काठमाडौंको बूढानिलकण्ठ-१२ कपन बस्दै आएको प्रहरीले जनाएको छ । उनलाई कपनबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button