प्रधानमन्त्री दाहालको फोटो जोडी भारतीय आधार कार्ड बनाइदिने पुरुष पक्राउ

प्रधानमन्त्रीको पुष्पकमल दाहालको फोटो जोडेर भारतीय आधार कार्ड बनाइदिने पुरुषलाई पक्राउ गरेको छ ।

बुटवलको देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

रानाले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनलाई साईबर क्राईम सम्बन्धि मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button