घोराही सिमेन्टको आइपिओ बाँडफाँड सम्पन्न

घोराही सिमेन्टको आइपिओ बाँडफाँड सम्पन्न भएको छ ।

आइतबार दिउँसो प्राथमिक निष्कासनको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङको कार्यालयमा एक कार्यक्रम बीच उक्त कम्पनीको आइपिओ बाँडफाँड गरिएको हो । कम्पनीको आइपिओमा ५ लाख ५७ हजार ७०१ जनाको योग्य आवेदन परेकोमा सबैले कम्तिमा १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अङ्कित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button