भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोलमा ३४ पैसा घट्यो

भारतीय आयल निगम (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । शनिबार साँझ आइओसीले आगामी १५ दिनका लागि नयाँ सूची पठाएको छ ।

नयाँ मूल्य अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेको छ भने पेट्रोलको मूल्य लिटरमा ३४ पैसाले घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार मूल्य घटबढ नभए निगमलाई पेट्रोलमा प्रतिलिटर करिब ४ रुपैयाँ ६१ र डिजेलमा करिब ६ रुपैयाँ ७३ पैसा नाफा रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य हाल निगमले ढुवानी खर्च जोडेर तीन क्लस्टरमा निर्धारण गर्ने गरेको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रति लिटर पेट्रोलको मूल्य १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ रहेको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button