सुनको भाउ तोलामा तीन सयले घट्यो

सुनको भाउ आइतबार तीन सय रुपैयाँले घटेको छ । अघिल्ला दुई कारोबार दिन नौ सयले बढेको सुनको मूल्यमा आज तीन सयको गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ तय भएको जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम थियो ।

यस्तै, आइतबार चाँदीको मूल्यमा भने घटबढ भएको छैन । महासंघले चाँदी आज प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार पनि चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button