परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाने

परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदैछन् ।

थाइल्यान्डको बैंककमा हुन लागेको बिमस्टेकका सदस्य राष्ट्रहरुको विदेशमन्त्रीहरुको रिट्रिटमा भाग लिन साउद त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी आज साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बिमस्टेकको विदेशमन्त्रीस्तरीय रिट्रिटमा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्ड सबै देशका विदेशमन्त्रीले सहभागी जनाउने प्रतिबद्धता दिएका थिए । कार्यक्रमले २५ वर्ष लामो इतिहास बोकेको संस्थालाई कसरी अघि बढाउने भन्ने बारे छलफल गर्ने र क्षेत्रीय मुद्दाहरुका विषयमा संलग्न देशहरुको धारणा बुझ्ने प्रयास गर्ने बताइएको छ ।

भ्रमण सकेर परराष्ट्रमन्त्री साउद साउन २ गते नेपाल फर्किने कार्यक्रम छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button