सप्तकोशीमा ट्रक खसेर बेपत्ता, तीन जनाको उद्धार

सप्तकोशी नदीको पुलमा ट्रक र बस ठक्कर खाँदा ट्रक नदीमा खसेको छ ।

शुक्रबार बिहान करिब ७:४५ बजे मे १ ख ३००७ नम्बरको ट्रक र मे १ ख १७६५ नम्बरको बस एक आपसमा ठक्कर खाँदा ट्रक कोशी ब्यारेजको ९ र १० ढोकाबाट पुलको बार भत्काउँदै नदीमा खसेको हो । नदीमा खसेको ट्रकबाट चालकसहित तीन जनाको सकुशल उद्धार गरिएको छ ।

नदीमा खसेको ट्रक डुबेपछि देख्न छाडिएको छ । प्रहरीले डोरीका सहायताले ट्रकबाट यात्रुहरुको उद्धार गरेको थियो । घटनामा ट्रक चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् बसमा रहेका सबैको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको यात्रुवाहक बस विपरीत दिशाबाट आएको ट्रकमा ठोक्किएको थियो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button