इमर्जिङ टिम्स एसिया कप : पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपालले पाकिस्तान ए टिमविरुद्ध ब्याटिङ थालेको छ ।

शुक्रबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । नेपालका लागि कुशल भुर्तेल र आसिफ सेख ओपनिङ गर्दै छन् ।

प्रतियोगितामा समूह ‘बी’मा रहेको नेपालले आफ्नो दोस्रो खेल भारतसँग साउन १ गते खेल्नेछ । समूह ‘बी’मा नेपालसँगै भारत ए, पाकिस्तान ए र संयुक्त अरब ईमिरेट्स रहेका छन् । यसैगरी समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन् ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button