गुल्मीमा जीप दुर्घटना हुँदा चार घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाम तम्घासदेखि मदाने गाउँपालिका-१ अग्लुङतर्फ जाँदै गरेको जीप रेसुङ्गा नगरपालिका-४ रैदीमा दुर्घटनाग्रस्त भएको हो । लु १ च ८०२४ नम्बरको उक्त डबल क्याब जीप ब्रेकफेल दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
दुर्घटनामा घाइते हुनेमा मदाने गाउँपालिका-१ अग्लुङका २१ वर्षीय लक्ष्मण जिसी, प्युठान गौमुखी गाउँपालिका-१ अर्खाका २२ वर्षीय यम बहादुर बुढा,सोही स्थानका २१ वर्षीय नवीन बुढा र २८ वर्षीय चन्द्र मगर रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।