सावित्राको इन्जुरी समयको गोलसँगै नेपाल र बंगलादेश बराबरीमा

सावित्रा भण्डारी साम्बाले इन्जुरी टाइमको गोल गरेसँगै नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेल खेलेका छन् ।
बंगलादेशसँग भएको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल भने गर्न सकेन । तर दोस्रो हाफको ६५ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनले गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो ।
खेलको नियमित ९० मिनेटसम्मको खेल सकिँदा हारको मुखैमा पुगेको नेपालका लागि साम्बाले ९२ औं मिनेटमा गोल गर्दै नेपालको हार टारिन् । अब दुई टोलीबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।