शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार लु नेपालमा केही घण्टासम्मका लागि मात्र आउन लागेका हुन् । भ्रमणका क्रममा लुले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।