भारतको चन्द्रयान भोलि प्रक्षेपित हुँदै

चन्द्रमामा सफल अवतरण गर्ने चौथो राष्ट्र बन्न प्रयासरत भारतले भोलि चन्द्रयान प्रक्षेपण गर्दैछ ।

शुक्रबार नेपाली समय अनुसार २:४० बजे दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित स्पेसपोर्टबाट उक्त यानको प्रक्षेपण गर्ने कार्यक्रम छ । साढे सात करोड डलरमा निर्मित चन्द्रयान-३ लाई निकै किफायती बजेटमा बनाइएको अन्तरीक्षयान मानिएको छ ।

एक सय ४३ फिट लामो रकेट लन्चरले उक्त यानलाई पृथ्वीको गोलाकार कक्षमा पुर्याउनेछ जहाँबाट अन्तरीक्षयान चन्द्रमातर्फ यात्रा गर्नेछ । यात्रा सफल भएमा उक्त यान करिब ४० दिनपछि चन्द्रमामा पुग्नेछ । चन्द्रयानमा दुई मिटर लामो ल्यान्डर पनि जडान गरिएको छ जसले रोभरलाई दुई सातासम्म चन्द्रमामा विभिन्न प्रयोगहरु गर्न सघाउनेछ ।

यदि भारतको चन्द्र अभियान सफल भयो भने अमेरिका, सोभियत युनियन र चीनपछि चन्द्रमामा अन्तरीक्षयानको सफल अवतरण गराउने चौथो राष्ट्र बन्नेछ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button