सुनको भाउ दुई दिनमै ११ सयले बढ्यो

सुनको भाउ बिहीबार आठ सय रुपैयाँले वृद्धि भएको छ । बुधबार तीन सयले बढेको सुनको मूल्यमा आज फेरि आठ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८ सय ५० रुपैयाँ तय भएको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँ कायम थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्यमा प्रतितोला ४० रुपैयाँको वृद्धि भएको छ । महासंघले चाँदीको मूल्य बढेसँगै आज प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button