कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकार गठनमा देखिएको संवैधानिक र कानुनी विवादवारे लिखित जवाफ अर्को सुनुवाइमा पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसहितका विपक्षीहरुको नाममा आदेश दिँदै प्रदेश सरकारलाई मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न पनि निर्देशन दिएको छ । साउन ३ गतेसम्म लिखित जवाफसाथै कोशी प्रदेश सरकार गठन गर्ने सन्दर्भमा पेश भएका सम्पूर्ण कागजात पनि पेश गर्न अदालतले आदेश दिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्चमा शुक्रबार रिट दायर गरेको थियो । केन्द्रको गठबन्धनमा सामेल दलहरुले सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर लिएर बहुमत पुर्याई सरकार गठन गरेको थियो ।

सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेकपा एमाले विरोधमा उत्रिएको हो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button