पशुपतिनाथ आर्यघाटमा सीता दाहालको अन्त्येष्टि, प्रचण्ड र छोरीहरुले दिए दागबत्ती

प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

सीताको पार्थिव शरीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएका थिए भने सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो । दाहालको निधनमा शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button