चेकिङका क्रममा प्रहरीलाई हातपात गर्ने एक पक्राउ

सुर्खेतमा चेकिङका क्रममा प्रहरी कर्मचारीलाई हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडमा चेकिङ गरिरहेका प्रहरीमाथि सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलगायत चारजनाले हातपात र कुटपिटसमेत गरेका थिए । प्रहरीले केसीसँगै उनी सवार क प्र ०२००१ प १५२८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य तीनको खोजी भइरहेको बताएको छ । घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button