आत्महत्या दुरुत्साहन मुद्दामा फरार युवक पक्राउ

बाँकेमा आत्महत्या दुरुत्साहन मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगर-१५ घर भएका ३४ वर्षीय सद्द्न बेहना रहेका छन् । उनलाई बाँके जिल्ला अदालतले २०७७ सालको पुसमा आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर गरेको थियो ।

बेहनालाई अदालतले ९ महिना २४ दिन कैदसजाय र १० हजार रुपैयाँ जरिवाना तोकेकोमा हालसम्म फरार रहेका थिए । प्रहरीले उनलाई असार २७ गते पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाईएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button