आजको मौसम : देशभर बदली रहने, वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ अवस्थित हुँदा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने पूर्वतिर सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहँदा हिमाली पहाडी क्षेत्रमा धेरै वर्षाको सम्भावना रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल कोशी र मधेस प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button