कर्णाली प्रदेशको बजेट बहुमतले पारित

कर्णाली प्रदेशको बजेट बहुमतले पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको बजेट मङ्गलबार बसेको प्रदेशसभाको २५ औं बैठकबाट पारित भएको हो । सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको कर्णाली प्रदेश सभामा बजेट ध्वनि मतबाटै पारित भयो । प्रदेशका अर्थमन्त्री बेदराज सिंहले असार १ गते अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।
पुँजीगततर्फ सबैभन्दा धेरै १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार (५८.६%) विनियोजन गरिएको बजेटमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार(२६.९७%) र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार(१४.३८%) रकम छुट्ट्याइएको छ ।