चोर फटाहालाई माननीय भन्नू परेको छ – हर्क साम्पाङ

धरानका मेयर हर्क साम्पाङले चोर फटाहालाई माननीय भन्नू परेको छ भन्दै फेसबुकमा स्टाटस पोस्ट गरेका छन् ।
उनले भारतीय दलाली गर्नुभन्दा जङ्गली कन्दमुल खोजेर खाने पनि बताएका छन् । काठमाडौंका मेयर बालेन शाहले हिजो भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको भन्दै स्टाटस लेखेका थिए । त्यस स्टाटसमा मेयर साम्पाङ “नबिराउनु, नडराउनु, म छु हामी छौँ” भनेर कमेन्ट गरेका थिए ।
भारतविरोधी सेन्टिमेन्टमा मेयरसँगसँगै आमजनताले पनि हो मा हो मिलाउँदै हजारौँ प्रतिक्रिया दिँदै आएका छन् ।