खाल्डो खनी पुरेर लुकाएको लागूऔषधसहित एक पक्राउ

खाल्डो खनी पुरेर लुकाएको लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१ मा ठूलो मात्रामा लुकाएर राखिएको लागूऔषधसहित ४४ वर्षीय मनोजकुमार चमारलाई प्रहरीले पक्राउ गरेको हो । उनले घर छेउ खाल्डो बनाएर डाइजापाम १ सय ८६ पिस, फेनरागन १ सय ८८, नुफिन १ सय ८६ र कोरेक्स १० बोतल लुकाएर राखेका थिए ।
चमारलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।