प्रमुख दलका शीर्ष नेताको सिंहदरबार बैठक सकियो

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ ।
सदनको गतिरोध अन्त्य गराउन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बैठक बसेको हो ।
बैठकबाट संसद्को गतिरोध अन्त्य भएको काङ्ग्रेस नेताहरुले दाबी गरेका छन् । प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति प्रति विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध पार्दै आएको छ । प्रम दाहालले त्यसका बारेमा आजको बैठकमा स्पष्टीकरण दिने पनि जनाइएको छ ।
दाहालको आग्रहमा आजको संसद बैठक एक बजेबाट तीन बजेका लागि सारिएको छ ।