प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभा बैठक दुई घन्टा पछि सारियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा प्रतिनिधिसभा बैठक दुई घन्टा पछि सारिएको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले सारेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जनाए ।
प्रम दाहाललगायत शीर्ष दलका नेताहरुको सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बसिरहेका छ ।