कोशीमा सरकार गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने

कोशीमा सरकार गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्चमा शुक्रबार रिट दायर गरेको थियो । केन्द्रको गठबन्धनमा सामेल दलहरुले सभामुखसहित बहुमत पुर्याएर सरकार गठन गरेको थियो ।

सभामुखलाई निस्पक्ष राख्नुको साटो मुख्यमन्त्री बन्न सभामुखलाई प्रयोग गरिएको भन्दै एमालेले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाएर रिट दायर गरेको छ ।

रिटमा थापा नेतृत्वको सरकार गठन प्रक्रिया उत्प्रेषणको आदेशले बदर गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकार गठनका लागि परमादेशको समेत माग गरिएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button