समाजवादी मोर्चाको पहिलो बैठक शनिबार बस्दै

असार ४ गते घोषणा भएको समाजवादी मोर्चाको पहिलो बैठक १९ दिन पछि भोलि शनिबार बस्ने भएको छ ।
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्नेछ ।
मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् ।