स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने’ बताएका हुन् ।

उनले प्रतिष्ठानबाट गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुनुका साथै सहज र सुलभ रूपमा चिकित्सा शिक्षासमेतको अध्यापन हुनु आफैमा गौरवको विषय भएको उल्लेख गरे ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा प्रतिष्ठानबाट थप योगदान पुग्ने विश्वास पनि व्यक्त गरे ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button