अभिनेता शारुक ताम्राकार आफ्नै निवासमा मृत अवस्थामा फेला

नयाँ पुस्ताका प्रतिभावान् अभिनेता शारुक ताम्राकार आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

काठमाडौं रातोपुलस्थित घरमा ताम्राकार बिहीबार राती करिब ११ बजे झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारणबारे नखुलेको र शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरीको भनाई छ ।

३१ वर्षीय ताम्राकारले ‘रानी’, मेरी मामु’, ‘नमरी बाँछे’ र ‘इन्टु मिन्टु लण्डन’ चलचित्रमा अभिनय गरिसकेका छन् । उनको पछिल्लो चलचित्र ‘ह्यासट्याग माया’को छायांकन बाकिँ नै रहेको जनाइएको छ । बिहीबार सोही चलचित्रको छायांकन सकेर चार बजे उनी घर आएको परिवार स्रोतले जनाएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button