गठबन्धनबाट सभामुखसमेत जोडेर कोशी सरकारमा दाबी गर्दै कांग्रेसका उद्धव थापा

बिराटनगर, २१ असार । कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुदैँछ ।

कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिदैँ गर्दा संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न लागेका हुन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने भएका छन् ।

थापाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा सभामुखलाई समेत जोडेर दाबी प्रस्तुत गर्न लागेका हुन ।

तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्विकार गर्ने जनाएको छ ।

जम्मा ९३ सदस्यीय प्रदेशसभामा  गठबन्धनबाट नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ जना  सदस्य छन् । अर्कोतर्फ नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सदस्य छन् ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button